क्रिकेट टिमलाई ओलीको हौसलाः निराश नहुनू, नेपाल आएपछि सँगै खाना खाउँला

क्रिकेट टिमलाई ओलीको हौसलाः निराश नहुनू, नेपाल आएपछि सँगै खाना खाउँला
फाइल तस्वीर

काठमाडौँः आईसीसी वर्ल्ड क्वालिफायरको सुपर सिक्समा पुग्न नसकेको नेपाली टिमलाई एमाले अध्यक्ष केपी ओलीले हरेस नखान आग्रह गरेका छन्। 

आज बिहानै सामाजिक सञ्जालमा एक स्टास लेख्दै ओलीले आफूले नेपाल र नेदरल्याण्डस्सबीचको खेल हेरेको र नेपाली खेलाडीले मेहनत गरे पनि कहिलेकाहीँ मेहेनत बाबजुद परिणाम निनिस्किने भन्दै हरेश नखान भनेका छन्। 

मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भए पनि आफूले खेल हेरेको ओलीले लेखेका छन्। 

नेपाली टिमको मिहनेत कमजोर नभएको र सोचेजस्तो परिणाम नआउँदा निराश हुन नहुने उनले तर्क गरेका छन्।  

'नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ,' उनले लेखेका छन्। 

नेपाल जिम्बाबे, वेस्ट इन्डिज र नेदरल्याण्डसँग पराजित भएको हो। नेपालले एक मात्र जित अमेरिकासँग हात पारेको थियो। 

असार १०, २०८० आइतबार ०७:४२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।