बुढानीलकण्ठमा बाजेको सेकुवाको नयाँ आउटलेट, सेकुवासँगै आइसक्रिमको सुविधा

काठमाडौँ : बाजेको सेकुवाले बुढानीलकण्ठमा नयाँ आउटलेट खोलेको छ। शुक्रवार १६ औँ आउटलेट खोलेको हो। यो आउटलेट यूएसएबाट प्रेरित भएको कम्पनीले जनाएको छ।
बाजेको सेकुवाको नयाँ आउटलेटमा बास्किन रोबिन्स, आइसक्रिमले समेत सहकार्य गरेको छ।
न्युयोर्क र डल्लासको हिमालयन ग्रिलबाट प्रेरणा लिएर बुढानीलकण्ठमा आउटलेट खोलिएको कम्पनीले जनाएको छ।
नयाँ आउटलेटमा आइसक्रिम फ्लेभरसँगै परम्परागत नेपाली भोजन र बाजेको सेकुवाको सिग्नेचर परिकार पस्कने प्रालीले जनाएको छ।
काठमाडौँको तीनकुने, अनामनगर, बत्तिसपुतली, गोंगबु, भक्तपुर, पोखरा झम्सिखेल, नुवाकोटलगायतका स्थानमा यसको शाखा रहेको छ । त्यसैगरी अमेरिकाको न्यूयोर्कमा पनि शाखा सञ्चालनमा आएको छ ।
असार ९, २०८० शनिबार १३:४५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।