
मंगलबार १० भदौ, २०८२
सिन्धुलीमा बाढीपहिरोले ३१ घरमा क्षति पुर्यायो

सिन्धुली : सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ।
शनिबार बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याड र खेत समेत बगाएको छ। बाढीपहिरोबाट पशु चौपाया र कुखुरा पनि नष्ट भएको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए।
लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।
असार ९, २०८० शनिबार १३:२१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।