प्रतिस्पर्धी बजारबाट हामीले फाइदा उठाउनुपर्छ : अर्थमन्त्री डा. महत

प्रतिस्पर्धी बजारबाट हामीले फाइदा उठाउनुपर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन बताएका छन्।

नेपाल उद्योग परिसङ्घ (सीएनआई)को २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले प्रतिस्पर्धी क्षेत्रकाे निर्क्योल सुरुमा गर्नुपर्ने बताएका हुन्।

अर्थमन्त्री महतले चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध भएकाे र निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध रहेकाेसमेत बताए। उनले जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको उल्लेख गरे।

उनले भने, ‘नेपालमा सबैभन्दा ठूलो समस्या कार्यान्वयन हो। हामी धेरै कुरा भन्छौँ, कार्यान्वयन गर्दैनौँ, जसले गर्दा परिणाम आउँदैन। वर्तमान सरकार कार्यान्वयनमा केन्द्रित भएको छ।’

किनाइमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्नुपर्ने भन्दै उनले परिवर्तनको सुरूवात आफूहरूले गरेकाे भन्दै अर्थमन्त्री महतले त्यहि परिवर्तन र सुधारको आधारमा टेकेर आगामी वर्ष ०८१/०८२ का लागि गृहकार्य थाल्नुपर्ने बताए।

भ्याटमा छुट दिने क्रमलाई आफूहरूले राेकेकाे भन्दै ट्रान्जेक्सनमा भ्याट नलाग्ने स्पष्ट पारे। नयाँ सिस्टममा जानैपर्ने भन्दै उनले समग्रमा अर्थतन्त्रलाई चलायमान गर्नेतर्फ बजेट उन्मुख भएकाे दाबी गरे।

मन्त्री डा. महतले अर्थतन्त्र अब चलायमान हुने भन्दै मौद्रिक नीतिले थप कुरा ल्याउनेमा विश्वास दिलाए। पूँजीगत खर्च बढाउन नसकेकाे र साधारण खर्चअन्तर्गत सामाजिक सुरक्षा खर्चबाट पछि हट्नसक्ने अवस्था नभएको भन्दै अर्थतन्त्र दबाबमा परेकाे बताए।

असार ८, २०८० शुक्रबार २०:३३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।