नेप्सेमा सामान्य सुधार, होटेलका सेयरमा लगानीकर्ताको आकर्षण

काठमाडौं : सेयर कारोबारमा साताको अन्तिम दिन बिहीबार (आज) नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.७५ अङ्कले उकालो लागेर २०५५.५३ को विन्दुमा पुगेको छ।
ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३० अङ्कले ओरालो लागेर ३८५.८१ मा सीमित भएको छ।
आज कूल ८० लाख आठ हजार दुई सय ४६ कित्ता सेयर रू तीन अर्ब ४४ करोड ४८ लाख ६२ हजार पाँच सय एक मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये चार उपसमूहको सेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको सेयर मूल्यमा ओरालो लागेको छ। आज तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालीञ्चोक दर्शन, बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको थियो।
आज सबैभन्दा बढी सोल्टी होटलको सेयर रू २९ करोड ६३ लाख ८२ हजार सात सय ३८ मा कारोबार भयो।
असार ७, २०८० बिहीबार १७:२१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।