पद्मोदय स्कुलका प्रशासन प्रमुख तथा डीआई श्रेष्ठले छात्रामाथि यौन दुव्यवहार गरेको आरोप

पद्मोदय स्कुलका प्रशासन प्रमुख तथा डीआई श्रेष्ठले छात्रामाथि यौन दुव्यवहार गरेको आरोप

दाङ : घोराहीको पुरानो तथा जेठो सामुदायिक विद्यालय पद्मोदय पब्लिक नमुना उच्च माविका प्रशासन प्रमुख तथा डीआईका इञ्चार्ज मिनेश श्रेष्ठमाथि यौन दुर्व्यहारको आरोप लागेको छ।

उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत छात्राले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।

आफूमाथि श्रेष्ठले दुर्व्यवहार गरेको र घटना बाहिर कसैलाई भने ज्यान मार्ने धम्की दिएको पनि ती छात्राले लेखेकी छन्। यो घटनाले आफूलाई कमजोर बनाएको र आत्महत्या गर्नेसम्म बाध्य बनाएको उनले गुनासो गरेकी छन्।

आरोपित श्रेष्ठलाई भने विद्यालय प्रशासन जोगाउन लागिपरेको छ। जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले यो घटनालाई आफूले गम्भीरतापूर्वक लिएको र घटनाको छानविन गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए।

उनले पीडितसँग प्रहरीले समन्वय गर्ने पनि बताए। पीडक भनिएका श्रेष्ठ आफूले कुनै प्रकारको दुर्व्यवहार नगरेको बताएका छन्। उनले विद्यालय प्रशासनलाई छात्राको चरित्र राम्रो नभएको भनेर सम्झाएको र त्यसपछि विद्यालयको कोठामा ल्याएर ड्रेस मिलाएर लगाउन भनेर पिठ्युँमा हानेको बताएका छन्।

श्रेष्ठ त्रिभुवन नगर जेसिजलगायत विभिन्न सामाजिक संघ संस्थामा आबद्ध छन्।

असार ७, २०८० बिहीबार ११:५४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।