‘नमस्ते पे’को नयाँ अफर : ल्यापटप र स्कुटर जित्ने मौका

‘नमस्ते पे’को नयाँ अफर : ल्यापटप र स्कुटर जित्ने मौका

काठमाडौं : ‘नमस्ते पे’ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरुहरूका लागि विभिन्न अफर र क्यासब्याकको साथ नयाँ योजना सुरु गरेको छ।

यस योजना अन्तर्गत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन्।अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ।

साप्ताहिक अफरहरू जस्तै स्मार्ट वाच, ट्राभल प्याकेज र उडान टिकटमा १०० प्रतिशत क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तीमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।

त्यसैगरी, दैनिक अफरहरू जस्तै रु ५०० वालेट ब्यालेन्स, १ जीबी डाटा प्याक र रु १०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्।

यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्ने छ। यो योजना २०८० साल असार ४ गतेदेखि सुरु भएको हो।

नमस्ते पे नगद रहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु नै यस वालेट सेवाको उद्देश्य रहेको छ। 

असार ७, २०८० बिहीबार ११:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।