दराजको नयाँ 'पे-डेको झट्का' अभियानमा फ्रि डेलिभरीदेखि गिफ्टसम्मको अफर

काठमाडौँ : अनलाइन बजार दराजले "पे-डेको झट्का" अभियान घोषणा गरेको छ। प्रत्येक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभका लागि सो अभियान सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार यो अभियान ४ दिन (असार ७ – १०) सम्म सक्रिय हुनेछ। यसको ट्याग लाइन, "किनमेल पनि बचत पनि" रहेको भन्दै उसले अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदा हुने दाबी गरेको छ।
हरेक महिनाको ७ गते दराजबाट सामान किन्दा निःशुल्क डेलिभरीको सुविधाका साथै ७ सय ७७ सम्मको भाउचर पाउन सकिने तथा ई सेवा मार्फत खरिद गरेमा २० प्रतिशत छुट पाउन सकिने कम्पनीले जानकारी दिएको छ।
दराज मलबाट सामान किन्दा मेगा गिभअवेको रूपमा ग्राहकहरूले सामसुङ ग्यालेक्सी M04 प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
असार ६, २०८० बुधबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।