हिन्दी फिल्म चलाउन पाउनुपर्ने माग राख्दै हल व्यवसायीद्वारा बालेनविरुद्ध मुद्दा दायर
 
                    
                    
                    
                    काठमाडौं : सिनेमा हल व्यवसायीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।
बुधबार हल व्यवसायीहरू उच्च अदालत पाटनमा मुद्दा दायर गर्न पुगेका थिए।
हलवाला प्रज्ज्वल शमशेर राणाका अनुसार हिन्दी सिनेमा काठमाडौंमा प्रदर्शन गर्न रोक लगाइएको कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरिएको हो।
मेयर बालेन शाहले फिल्म ‘आदिपुरुष’मा जानकी भारतमा जन्मिएकी हुन् भन्ने आशय नहटाइएको कारण देखाउँदै सोमबारबाट हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका थिए।
फिल्म हलमा हिन्दी फिल्म नचाउन नपाएको भन्दै हल व्यवसाथी तथा छाता संगठन चलचित्र संघको टिमले फिल्म चलाउनु पर्ने माग राख्दै आएका थिए।
अहिले बालेन शाहका कारण कामपा भित्रका कुनै पनि हलमा हिन्दी फिल्म रिलिज भएका छैनन्। सुरक्षाको कारण देखाउँदै ‘आदिपुरुष’का वितरकले पनि देशभरका हलबाट उतारिसकेका छन्।
असार ६, २०८० बुधबार १६:४२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    