धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र दिन संसदीय समितिको निर्देशन

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन निर्देशन दिएको छ।
समितिको बैठकले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई मंगलबार अनुमति पत्र निर्देशन दिएको हो।
यस अगाडि समितिले लाइसेन्स वितरण प्रक्रिया रोक्न निर्देशन दिएको थियो। समितिले दुवै निकायलाई ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई निरन्तरता दिन समेत निर्देशन दिएको छ।
समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेको संयोजकत्वमा आज बैठक बसेको थियो।
बैठकमा उनले जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको जानकारी दिए।
उनले मापदण्ड पूरा भए नभएको हेरेर सतर्कता पूर्वक लाइसेन्स दिन बैठकमा निर्देशन दिएका हुन्।
असार ५, २०८० मंगलबार १८:२९:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।