नेप्सेमा सामान्य गिरावट आउँदा सेन्टेटिभ बढ्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ।
सोमबार नेप्से २.९४ अंकले बढेर २०९१.३९ विन्दुमा पुग्दा क वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.८२ अंकले बढेर ३९२.३८ विन्दुमा पुगेको छ।
यसदिन १३ मध्ये पाँच उपसूचक समूहमा हरियाली छाउँदा आठ समूह राताम्मे भएका छन्। सबैभन्दा बढी फाइनान्स समूहमा ५.२२ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह २.४८ प्रतिशतले घटेको छ।
यसदिन २७६ कम्पनीको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजारको कारोबार भयो।
सबैभन्दा बढी शिवम् सिमेन्टको २९ करोड, त्यसपछि नेपाल टेलिकम १८ करोड र सोल्टी होटलको १७ करोडको कारोबार भयो।
यस दिन सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्युटी फन्ड, माउन्टेन इनर्जी, बीपीडब्लु लघुवित्त र मेन्छियम हाइड्रोपावर गरी पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो।
असार ४, २०८० सोमबार १६:०४:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।