एनसेलले सार्वजनिक गर्‍यो नयाँ भ्वाइस प्याक : ३० रुपैयाँमा २४ घण्टासम्म अन लिमिटेड कल, ५० मा सात दिने टक टाइम

एनसेलले सार्वजनिक गर्‍यो नयाँ भ्वाइस प्याक : ३० रुपैयाँमा २४ घण्टासम्म अन लिमिटेड कल, ५० मा सात दिने टक टाइम

काठमाडौँ : एनसेलले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अन लिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अन लिमिटेड टकटाइमका प्याक ल्याएको छ।

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि सुलभ दरमा सेवा लिन सकिने तीन अन लिमिटेड भ्वाइस प्याक सञ्चालनमा ल्याएको हो।

एनसेलका अनुसार प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने अन लिमिटेड टक टाइम रहेका प्याकहरू जेठ ३२बाट सञ्चालनमा आएका हुन्।

ग्राहकले आवश्यकता अनुसार एक दिने अल–नेट अन लिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अन लिमिटेड भ्वाइस प्याक वा सात दिने समयसिमा रहेको अन–नेट अन लिमिटेड भ्वाइस प्याक लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

एक दिने अल–नेट अन लिमिटेड प्याक अन्तर्गत ग्राहकले कर सहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म नेपालका कुनै पनि मोबाइल नेटवर्कका नम्बरहरूमा अन लिमिटेड भ्वाइस सेवाको फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

एनसेलका अन्य नम्बरहरूमा २४ घण्टासम्म अन लिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अन लिमिटेड टक टाइम कर सहित ३० रुपैयाँमा सुरु गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

एनसेलका अन्य नम्बरहरूमा कुराकानी गर्न धेरै टक टाइम आवश्यक परेमा सात दिन समयावधि रहेको अन–नेट अन लिमिटेड प्याक कर सहित एक सय ५० मा लिन सकिने कम्पनीले जानकारी दिएको छ।

असार ३, २०८० आइतबार २१:३५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।