'आदिपुरुष'को कलेक्सन दोस्रो दिन ४० प्रतिशतले घट्यो, तर तोड्यो रेकर्ड

'आदिपुरुष'को कलेक्सन दोस्रो दिन ४० प्रतिशतले घट्यो, तर तोड्यो रेकर्ड

शुक्रबार रिलिज भएको दक्षिण भारतीय फिल्म 'आदिपुरुष' को बक्स अफिस कलेक्सन दोस्रो दिन ४० प्रतिशतले घटेको छ। 

फिल्म विवादमा परेपछि यसको कमाइमा गिरावट आएको हो। दोस्रो दिन फिल्मले विश्वव्यापी १०० करोड भारु र भारतमा १७६ करोड भारु कलेक्सन गरेको छ।

फिल्मले दुई दिनमा २४० करोड कमाएर २०० करोड क्लबमा प्रवेश गरेको छ। 

पहिलो दिन फिल्मको विश्वव्यापी कलेक्सन १४० करोड भारु रहेको बताइएको थियो।

दोस्रो दिन फिल्मको कलेक्शन ४० प्रतिशतले घटेको हो। तर, आफ्नो कमाइका साथ आदिपुरुषले 'पठान', 'बाहुबली' र 'केजीएफ २' जस्ता फिल्मलाई पछाडि छोडेको छ।0

ती फिल्महरूलाई भने विश्वव्यापी २०० करोड क्लबमा पुग्न ३ देखि ७ दिन लागेको थियो।

नेपालमा भने यो फिल्मका कारण विवाद बढ्दै गएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबारदेखि महानगरपालिकाभित्र फिल्ममाथि प्रतिबन्ध लगाएका छन्। फिल्ममा समावेश 'सीता भारतमा जन्मिएकी' भन्ने संवाद नहटाएका कारण फिल्म चल्न नदिने अडानमा बालेन छन्। 

 

असार ३, २०८० आइतबार १९:१९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।