बालेनले सोमबारदेखि काठमाडौँमा भारतीय फिल्म चलाउन नदिने
 
                    
                    
                    
                    काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले दक्षिण भारतीय फिल्म 'आदिपुरुष' सोमबारबाट काठमाडौँ महानगरपालिकाभित्र प्रदर्शनमाथि रोक लगाउने भएका छन्।
उक्त फिल्ममा राखिएको संवादप्रति नेपालमा चौतर्फी आलोचना र विरोध भइरहेको छ। उक्त फिल्ममा नेपाली छोरी सीतालाई भारतमा जन्मिएको भनी विवादास्पद संवाद राखिएको छ। उक्त संवाद आपत्तिजनक भएको भन्दै बालेनले चलचित्रको मूल भागबाट हटाउन ३ दिनको समय दिएर आग्रह गरेका थिए।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्ः आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ।
असार ३, २०८० आइतबार १७:१८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    