सेप्टेम्बरमा हुने भनिएको एसिया कप सर्यो

काठमाडौं : आगामी सेप्टेम्बरमा हुने भनिएको एसिया कपको १६औँ संस्करण सरेको छ।
अब प्रतियोगिता दुई दिन अघि अर्थात अगस्ट ३१ बाट सुरू हुने भएको छ। यसअघि प्रतियोगिता सेप्टेम्बर २ बाट सुरु हुने भनिएको थियो।
प्रतियोगिताको उद्घाटन खेल ३१ अगस्टमा पाकिस्तान र श्रीलंकाबीच हुनेछ फाइनल खेल भने सेप्टेम्बर १७ मा खेलिने तय भएको आईसीसीले जनाएको छ।
हाइब्रिड माेडलमा हुन लागेको प्रतियोगिताकाे चार खेल पाकिस्तानमा र बाँकी खेल श्रीलंकामा हुनेछ।
कुल १३ एकदिवसीय खेल हुने प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपालले सहभागी हुँदैछन्।
प्रतियोगितामा यस वर्ष तीन-तीन टोलीको दुई समूह हुनेछ र शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन्।
सुपर फोरका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा फाइनल खेल्नेछन्।
नेपाल, भारत र पाकिस्तान एक समूहमा छन् भने श्रीलंका, बंगलादेश र अफगानिस्तान अर्को समूहमा छन्।
गत वर्ष काठमाडौंमा भएको एसीसी पुरुष प्रिमियर कपको फाइनलमा युएईलाई पराजित गर्दै नेपालले मुख्य प्रतियोगिताको लागि छनोट भएको थियो।
गत वर्ष युएईमा भएको फाइनलमा पाकिस्तानलाई हराएको श्रीलंका डिफेन्डिङ च्याम्पियन हो।
जेठ ३२, २०८० बिहीबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।