बढ्यो सुन चाँदी दुवैको मूल्य, कति पुग्यो?

काठमाडौं : नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन पनि मंगलबार ३ सय रुपैयाँले बढेर १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० तोकिएको थियो। उता चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
जेठ ३०, २०८० मंगलबार १३:४७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।