नुवाकोटमा त डराइ-डराइ बजेट राख्या छु : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटमा डराइ–डराइ बजेट हालेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नुवाकोटमा डराइ डराइ बजेट राखेको बताएका हुन्।
एमाले सांसद् गोकर्ण विष्टले नुवाकोटमा बजेट गएको भन्ने प्रश्न उठाएपछि मन्त्री महतले यस्तो बताएका हुन्।
‘गोकर्ण विष्टजीले नुवाकोटमै बजेट राखे भन्नुभयो, त्यो चाहिँ हेरेपछि थाहा भैहाल्छ,’ उनले भने, ‘मैले चाहिँ डराइ डराइ अलि–अलि हाल्या छु।’
मन्त्री महतले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भवन उद्घाटनको क्रममा नुवाकोटमा बजेट राखेको भनेर बोलेपछि त्यस विषयमा विष्टले प्रश्न उठाएका थिए।
त्यसको जवाफ दिँदै मन्त्री महतले अगाडि थपे, ‘नुवाकोटमा जाँदा त अलि–अलि हाल्या कुरा हाल्या छैन भनेर फर्कन्छु त म।’
उनले अन्य माननीयहरू मन्त्री भएको बेलाको तुलनामा आफूले केही पनि नगरेको दाबी गरेका छन्।
उनले थपे, ‘जुन–जुन बेलामा जो–जो माननीय मन्त्री हुनुभो, जसरी आफ्नो ठाउँमा राख्नुभाको छ। मम गरे भैहाल्छ, त्यसको तुलनामा त मैले केही पनि गर्या छैन। गोकर्णजी पनि त्यसमा पर्नुहुन्छ।’
अर्थमन्त्रीको गृहजिल्ला नुवाकोट हो।
जेठ २९, २०८० सोमबार १६:३८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।