‘परस्त्री’को हिन्दी ट्रेलर रिलिज, शिल्पाको बोल्ड अवतारको चर्चा

काठमाडौं : आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर रिलिज भएको छ।
शनिबार भारतीय कम्पनी बिफोरयु म्युजिकबाट ट्रेलर रिलिज गरिएको हो। २ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरिएको छ।
नेपाल र भारतमा एकसाथ रिलिज हुने फिल्मको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने निर्माण टिमको विश्वास छ।
गत बिहीबार फिल्मको नेपाली ट्रेलरले रिलिज गरिएको थियो। ट्रेलर सार्वजनिक भएसँगै अभिनेत्री शिल्पा मास्केको बोल्ड अवतारको चर्चा भएको छ।
फिल्ममा शिल्पाका अलवा कोशिस क्षेत्री, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको अभिनय छ। फिल्मलाई दिपेन्द्र के खनालले लेखेका हुन्।
निरज कँडेलको छायांकन, दीर्घ खड्काको सम्पादन रहेको छ। डिएस डिजिटको ब्यानरमा निर्माण भएको सिनेमाको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ।
जेठ २७, २०८० शनिबार १७:५३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।