सेवा सुविधामा विभेद गरेको भन्दै छ दिनदेखि विद्यालय कर्मचारीको धर्ना

सेवा सुविधामा विभेद गरेको भन्दै छ दिनदेखि विद्यालय कर्मचारीको धर्ना

सुर्खेत : नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतले विगत ६ दिनदेखि सेवा सुविधाको विभेद हटाउन माग गर्दै शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना दिएको छ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी (लेखापाल र कार्यालय सहयोगी)को सुविधामा विभेद गरेको भन्दै गत २१ जेठदेखि शुक्रबारसम्म इकाईको कार्यालयमा परिषद्ले धर्ना दिएको हो।

धनार्का साथै परिषद्ले शुक्रबार नै शिक्षा विकास तथा समन्वय एकाईलाई विभिन्न मागसहित आन्दोलनको लागि ज्ञापनपत्र समेत बुझाएको छ।

सरकार र विद्यालय कर्मचारी परिषद्बीच विभिन्न समयमा भएका सम्झौता कार्यान्वयनका लागि दबाव दिन धर्ना कार्यक्रम गरिएको नेपाल विद्यालय कर्मचारी परिषद् सुर्खेतका अध्यक्ष दोर्णजङ्ग बिसीले बताए।

आर्थिक वर्ष २०८०÷०८१ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीको सेवा सुविधा सुनिश्चित गर्ने उल्लेख गरिएको विषय हटाएका कारण आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष विसीले बताए।

धर्नामा सुर्खेतका सामुदायिक विद्यालयमा कार्यरत करिब तीन सय भन्दा बढी विद्यालय कर्मचारी सहभागी थिए। आन्दोलनरत विद्यालय कर्मचरीहरूले जेठ २८ मा काठमाडौं गएर आन्दोलन गर्ने बताएका छन्।

जेठ २६, २०८० शुक्रबार १८:४४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।