विश्व टेस्ट च्याम्पियन्स फाइनलः दोस्रो दिन भारतीय टोली ३१९ रनले पछाडि

विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) फाइनलको दोस्रो दिन भारतीय टोली ३१८ रनले पछाडि परेको छ। उसलाई अब फलोअन जोगाउन ११९ रन आवश्यक परेको छ।
इंग्ल्याण्डको लण्डनस्थित ओभल मैदानमा बिहीबारको खेल स्टम्प सकिँदासम्म भारतले ५ विकेट गुमाएर १५१ रन बनाएको छ। अजिंक्य रहाणे २९ रन र विकेटकिपर केएस भरत ५ रनमा अविजित छन्।
भारतीय टिमका लागि रवीन्द्र जडेजाले ४८ रन बनाए। विराट कोहली र चेतेश्वर पुजारा १४/१४ रन बनाएर आउट भए। कप्तान रोहित शर्माले १५ रन मात्र जोड्न सके। अष्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स, स्कट बोल्यान्ड, क्यामरन ग्रीन र नाथन लियोनले समान एक एक विकेट लिए।
यसअघि अष्ट्रेलियाको टोली पहिलो इनिङ्समा ४६९ रनमा अलआउट भएको थियो। भारतका लागि मोहम्मद सिराजले ४ विकेट लिएका थिए। शमी र शार्दुल ठाकुरले २/२ विकेट लिए।
जेठ २५, २०८० बिहीबार २३:२७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।