
बिहीबार १२ भदौ, २०८२
थुनुवा छुटाइदिन्छु भन्दै चार लाख ठग्ने नै जेल परेपछि...

काठमाडौं : कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने एक पुरुष नै जेल परेका छन्।
सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ४२ वर्षीय सञ्च तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि पटक–पटक गरी ४ लाख रूपैयाँ लिई ठगी गरी फरार रहेका तामाङलाई बानेश्वरबाट प्रहरीले पक्रेको हो।
उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
जेठ २५, २०८० बिहीबार १८:५४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।