‘आइएमई पे’बाट बीमाको प्रिमियम तिर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं : ‘आइएमई पे’बाट बीमाको भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक पाइने भएको छ।
कम्पनीले एक विज्ञप्ति निकालेर आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक पाउने जनाएको हो।
ग्राहकले प्रिमियम रकमको ०.५ प्रतिशत बराबरको रकम पाउने र त्यो भने अधिकतम १ हजार रुपैयाँसम्म हुनेछ।
ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसीबसी सजिलै तिर्न सक्नेछन्।
यो योजना वैशाख १४ देखि साउन ३१ सम्म लागू हुनेछ।
जेठ २५, २०८० बिहीबार १४:४९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।