झापामा घुम्न निस्किएकी युवती बलात्कृत, भोजपुरका युवक पक्राउ

झापामा घुम्न निस्किएकी युवती बलात्कृत, भोजपुरका युवक पक्राउ

झापा : २२ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कनकाई नगरपालिका–३ डेरा गरी बस्ने भोजपुर दिङ्ला गाउँपालिका–५ घर भएका २३ वर्षीय उज्वल राई रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

घुमफिर गर्न घरबाहिर निस्किएकी ती युवतीलाई राईले मंगलबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जेठ २५, २०८० बिहीबार १४:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।