२५ अंकले सुधारियो नेप्से, २ अर्बको कारोबार

काठमाडौं : सोमबार दोहोरो अंकको करेक्सन आएको बजारमा मंगलबार पुनः दोहारै अंकको सुधार आयो।
नेप्से २५ अंकले उकालो लागेर १९ सय २७ पुग्यो। करको अन्योल अन्त्य भएसँगै आइतबार उछाल आएको बजारमा सोमबार करेक्सन आएकोमा मंगलबार बजारले पुनः लय समातेको हो।
मंगलबार कारोबार २ अर्ब हाराहारी रह्यो। सबै समूहमा हरियाली छाउँदा होटल तथा पर्यटन समूहमा सबैभन्दा उच्च साढे ५ प्रतिशत बढीको वृद्धि आयो।
निर्जीवन बीमा समूह साढे ४ प्रतिशतले उकालो लाग्दा जलविद्युत समूह ३ प्रतिशतले उक्लियो। बाँकी पनि अधिकांश समूह १ प्रतिशत हाराहारीले सुधारिए।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६९ कम्पनीको ५५ लाख ४१ हजार कित्ता शेयर १ अर्ब ९८ करोडमा किनबेच भए।
यसमध्ये १ सय ८५ कम्पनीको शेयर मूल्य बढ्दा ३१ को घट्यो। यसदिन न्यादी हाइड्रोका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत कमाए।
जेठ २३, २०८० मंगलबार १६:१५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।