अर्थमन्त्रीको दिक्दारी– इमान्दार भएर काम गर्न कति गाह्रो रैछ भन्ने बुझ्दैछु

अर्थमन्त्रीको दिक्दारी– इमान्दार भएर काम गर्न कति गाह्रो रैछ भन्ने बुझ्दैछु

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा धेरै गाह्रो हुने अनुभव व्यक्त गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भनेर सांसदहरुले प्रश्न उठाएपछि त्यसको जवाफ दिने क्रममा मन्त्री महतले इमान्दार भएर काम गर्न गाह्रो हुने अनुभव सुनाएका हुन्।

‘इमान्दार भएर काम गर्न कति गाह्रो रैछ,’ उनले भने, ‘एउटा पत्रिकाले एउटा न्यूज पटक–पटक दोहोर्याउँ, माननीय सदस्यहरूले त्यसैलाई आधार बनाएर कुरा उठाएको पाएँ।’

अर्थमन्त्री महतले बजेट दिग्दर्शन अन्तर्गत भएका कानूनी व्यवस्थाअनुसार नै पदाधिकारी बसेर करका दरहरू तय गरिएको बताए।

निर्णय प्रक्रियामा कुनै पनि अनधिकृत व्यक्ति संलग्न नभएको तर त्यसको इन्ट्री गर्नका लागि सम्बन्धित अधिकारीको निर्देशनमा ३० वर्षदेखि अनुभवी व्यक्ति रामकृष्ण श्रेष्ठलाई सहभागिता भएको जानकारी दिए।

‘रामकृष्ण श्रेष्ठले पदाधिकारीले जे–जे इन्टर गर भने त्यहि गरे,’ उनले भने, ‘मैले बिचौलियालाई छेउछाउमा पनि आउन दिएको छैन।’

यस्तै मन्त्री महतले आफू मन्त्रालयमा प्रवेश नै प्रभावमुक्त भएर काम गर्छु भनेर मन्त्रालय पसेको बताउँदै आजसम्म आफू त्यो प्रतिबद्धताबाट पछि नहटेको र भोलिका दिनमा पनि कर्तव्यनिष्ट भएर काम गर्ने विश्वास दिलाए।

जेठ २३, २०८० मंगलबार १४:३९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।