मेस्सी बार्सिलोना नै फर्कने संकेत, साउदी क्लबलाई एक वर्ष कुर्न आग्रह

एजेन्सी : अर्जेन्टीनाका कप्तान तथा विश्व स्टार फुटबलर लियोनल मेस्सीले पूर्वक्लब बार्सिलोना नै फर्कने संकेत गरेका छन्।
गोल डटकमका अनुसर स्पेनिस क्लब बार्सिलोना नै फर्कने सम्भावना बढेपछि उनले साउदी क्लब अल हिलाललाई सन् २०२४ सम्मका लागि कुर्न भनेका छन्।
हाल मेस्सीका बाबु तथा एज्नट जोर्जे मेस्सीको बार्सिलोना पुनरागमनका लागि क्लबसँग आवश्यक छलफल गरिरहेको गोल डटकमले जनाएको छ।
मेस्सी बार्सिलोना नै फर्कन इच्छुक रहेको र यदि बार्सासँगको सबै कुरा मिलेमा अन्य क्लबसँग भएको सहमति तोडिने जोर्जेले बताएका छन्।
फ्रेन्च क्लब पीएसजी छाडे पछि मेस्सी पनि अर्का स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो जस्तै साउदी क्लब जाने चर्चा चलेको थियो।
साउदी क्लब अल हिलालले मेस्सीलाई वार्षीक ५४० मिलियन डलरमा अनुबन्धित गर्नका लागि प्रस्ताव गरेको थियो। तर मेस्सीको हालको यो निर्णयले अल हिलालका अधिकारीहरू अचम्ममा परेको बताइएको छ।
जेठ २३, २०८० मंगलबार १३:३७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।