विश्व वातावरण दिवसमा सिद्धार्थ बैंकले गर्‍यो सातै प्रदेशमा वृक्षारोपण

विश्व वातावरण दिवसमा सिद्धार्थ बैंकले गर्‍यो सातै प्रदेशमा वृक्षारोपण

काठमाडौं : सिद्धार्थ बैंकले सोमबार  स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ।

यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनर्प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो।

जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

बैंकले वृक्षारोपण तथा सरसफाइ कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाइ कार्यक्रम समेत आयोजना गरेको थियो।

यस्ता कार्यक्रमहरूले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ।

बैंकले वातावरण संरक्षणका निम्ति “से नो टु प्लास्टिक” नारालाई अवलम्वन गर्दै बैंकको आधिकारिक  टिकटक पेजमा “बिट प्लास्टिक पोलुसन” विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरको थियो।

त्यस्तै यही नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनर्प्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरेको थियो। साथै वातावरण संरक्षणलाई थप टेवा पुर्याउन बैंकले सो दिनलाई “नो प्रिन्ट डे” पनि घोषणा गरेको थियो।

सिद्धार्थ बैंक लिमिटेडले देशैभर फैलिएको आफ्ना १९५ वटा शाखा, २२० वटा एटिएम र ५ वटा एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 

जेठ २३, २०८० मंगलबार १२:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।