नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको द्विपक्षीय व्यापार बैठक सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीको द्विपक्षीय व्यापार बैठक सम्पन्न

काठमाडौं : नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि (एनआईसीसीआई) ले ‘जुन ५’ तारिखलाई एनआईसीसीआई दिवसको रुपमा मनाएको छ।

एनआईसीसीआईले सोमबार यसै दिवसको अवसरमा द्विपक्षीय व्यापार बैठक पनि सम्पन्न गरेको छ।

नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित एनआईसीसीआईले यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरेको छ।

कार्यक्रममा इटालीका राजदूत श्री भिन्सेन्जो डे लुकाले प्रमुख अतिथि रहेका थिए। एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालले यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नव प्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने बताए।

जेठ २३, २०८० मंगलबार ११:३८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।