थ्री स्टारलाई हराए चर्च ब्वाइज आज लिग च्याम्पियन बन्ने

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) थ्री स्टार क्लबलाई हराएमा चर्च ब्वाइज युनाइटेडले लिग उपाधि जित्नेछ।
लिगमा आज चार खेल हुँदा चर्च ब्वाइजले दिउँसो ३ बजे दशरथ रंगशालामा थ्री स्टारसँग भिडन्त गर्दैछ।
लिग लिडर चर्च ब्वाइजको २४ खेलबाट ४४ अंक छ भने दोस्रो स्थानमा रहेको मच्छिन्द्रको समान खेलबाट ५ अंक कम ३९ अंक छ।
थ्री स्टार भने रेलिगेसनको संकट टार्ने दाउमा रहनेछ। २४ खेलबाट २८ अंक रहेको थ्री स्टार रेलिगेसन जोनभन्दा मात्र २ अंक माथि छ।
आज ३ बजे नै एन्फा कम्प्लेक्समा हुने खेलमा दुई विभागीय टिम पुलिस र आर्मी भिड्दैछन्। आर्मीले आजको खेल जितेमा रेलिगेसनबाट उम्कनेछ। पुलिसलाई भने दोस्रो स्थानमा उक्लने माैका छ।
च्यासल मैदानमा हुने अर्को खेलमा खुमलटारलाई हराएर एपीएफ पनि रेलिगेसनबाट बच्ने तयारीमा छ।
उता साँझ ६ बजे हुने खेलमा भने लिगको टप फाइभमा रहेका दुई टिम सातदोबाटो र जावलाखेलबीच खल हुनेछ।
जेठ २३, २०८० मंगलबार ०९:२३:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।