नेपाल आज म्यानमारसँग खेल्दै

नेपाल आज म्यानमारसँग खेल्दै

काठमाडौं : नेपालले एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा आज म्यानमारसँग भिडन्त गर्दैछ।

नेपाल र घरेलु टोली म्यानमारबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेपछि सुरु हुनेछ।

नेपालले पहिलो चरणको खेलमा प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्ड दुवैलाई समान ६–० ले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरेको थियो।

दोस्रो चरणमा भने ८ टिमको सहभागिता रहेको छ। ८ टिमलाई दुई समूहमा बाडिएको छ भने दुवै समूहका शीर्ष दुई टिम एसियन कपका लागि छनोट हुने छन्।

दोस्रो चरणको छनोटको समूह ‘बी’ मा नेपालसँगै आयोजक म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन्। 

जेठ २३, २०८० मंगलबार ०७:५७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।