९ अर्ब खर्चेर मर्मत गरिँदै लर्ड्स मैदान, चार वर्षमा सम्पन्न गर्ने योजना

९ अर्ब खर्चेर मर्मत गरिँदै लर्ड्स मैदान, चार वर्षमा सम्पन्न गर्ने योजना

काठमाडौं : क्रिकेटको मक्का भनिने लर्ड्स क्रिकेट मैदानको मर्मत गर्ने सम्झौता भएको छ।

आगामी चार वर्षमा मैदानमा थप १ हजार सिट थपिने छ। इंग्ल्याण्डको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम लर्ड्सको दर्शक क्षमता चार वर्षपछि ३२ हजार १८० बीबीसीले जनाएको छ।

यसको मर्मतका लागि ६ करोड पाउण्ड अर्थात लगभग ९ अर्ब ८१ करोड खर्च हुनेछ। यो मैदान आगामी २०२७ सम्म तयार हुने बताइएको छ।

मेरीलेबोन क्रिकेट क्लब एस्टेट निर्देशक रोबर्ट एब्डोनले भने, ‘हामी दुईवटा पुरानो स्ट्यान्ड (टाभरन स्ट्यान्ड र एलेन स्ट्यान्ड)को मर्मत गर्दैछौं। हाम्रो ध्यान यसलाई वातावरणमैत्री बनाउनमा केन्द्रित छ, ताकि कार्बन उत्सर्जन कम होस्।’

जेठ २२, २०८० सोमबार १८:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।