दाेहाेराे अंकले घट्यो नेप्से

दाेहाेराे अंकले घट्यो नेप्से

काठमाडौं : काराेबार हुने साताकाे दाेस्रो दिन नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखियो। 

यस दिन नेप्से १७ दशमलव ३८ अंकले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अंकमा कायम भयो।

दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भयाे।

ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०२ प्रतिशतले बढ्दा शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य चार दशमलव ५० प्रतिशतले घट्याे।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा शिवम् सिमेन्ट लिमिटेडको रू १९ करोड ८९ लाख ५६ हजार ३५३ बराबरको काराेबार गर्यो।

जेठ २२, २०८० सोमबार १७:४१:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।