रोयल इन्फिल्डपछि क्रसफायर बाइकको मूल्य घट्यो

रोयल इन्फिल्डपछि क्रसफायर बाइकको मूल्य घट्यो

काठमाडौं : नेपालमा एसेम्बल गर्ने कारखाना सन्चालनमा आएसँगै रोयल इन्फिल्डले बाइकको मूल्य घटायो। रोयल इन्फिल्डले मूल्य घटाएसँगै हेवी बाइकका आपुर्तीकर्ताले समेत मूल्य घटाउन थालेका छन्।

रोयल इन्फिल्डले क्लासिक ३५० र स्क्रयाम-४११ नेपालमै एसेम्बल गरिएपछि मूल्य घटेको थियो। क्लासिक ३५० को नयाँ भर्सनको मूल्य ४ लाख ९९ हजार तोकिएको थियो।

यस अगाडि सो मोडलको मूल्य ६ लाख ४० हजार थियो। अर्को मोडल स्क्रयाम-४११ कै मूल्य ६ लाख ६० हजार तोकिएको छ।

क्रसफायर मोटरसाइकलले पनि आफ्नो मोडलहरु अनुसार  मोटरसाइकलको मूल्य ७१ हजार रुपैयाँसम्म घटाएको छ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार क्रसफायर आरएम २५० को मूल्य ८ लाख ४३ हजार बनाएको छ। यसअघि यसको मूल्य ८ लाख ८८ हजार रुपैयाँ थियो। यसमा ४५ हजार रुपैयाँ मूल्य घटेको छ।

एचजे २५० को मूल्यमा ७१ हजार रुपैयाँ घटेर ६ लाख ९९ हजार रुपैयाँ भएको छ। यसअघि यसको मूल्य ७ लाख ७० हजार रुपैयाँ थियो।

ट्रयाकर २५० को मूल्य ३ लाख ७० हजार रुपैयाँ भएको छ। यसअघि यसको मूल्य ४ लाख १० हजार मूल्य थियो। यो मोडलमा ४० हजार मूल्य घटाएको छ।

सरकारले बजेटमार्फत २ सय सीसीभन्दा माथिका बाइकमा अन्तःशुल्क र सडक कर घटाएको थियो। यसको प्रभाव समेत मूल्यमा परेको छ।

जेठ २२, २०८० सोमबार ११:५४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।