लिग च्याम्पियन बार्सिलोना अन्तिम खेलमा पराजित

लिग च्याम्पियन बार्सिलोना अन्तिम खेलमा पराजित

एजेन्सी : लिग उपाधि जितिसकेको बार्सिलोना सिजनको अन्तिम लिग खेलमा पराजित भएको छ। लिग च्याम्पियन बार्सिलोनालाई सेल्टा डि भिगोले २–१ ले पराजित गर्यो।

गए राति घरेलु मैदानमा सेल्टाको जितमा भेइगाले दुई गोल गरेका थिए। बार्सिलोनाका लागि अन्सु फातीले एक गोल फर्काए।

पछिल्लो चार खेलमा बार्सिलोनाको यो तेस्रो हार हो। यो हारपछि पनि बार्सिलोनाले लिगमा १० अंकको अग्रता बनाउँदै लिग सकेको छ। बार्साको ३८ खेलबाट ८८ अंक छ भने दोस्रो स्थानमा रहेको रियलको समान खेलबाट ७८ अंक छ।

जेठ २२, २०८० सोमबार ०९:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।