४१ वर्षको उमेरमा इब्राहिमोभिचले लिए सन्न्यास

एजेन्सी : स्विडेनका भेट्रान खेलाडी ज्लाटान इब्राहिमोभिचले ४१ वर्षको उमेरमा फुटबलबाट सन्न्यास लिएका छन्।
गए राति इटालियन क्लब एसी मिलानका लागि अन्तिम खेल खेल्दै उनले लामो फुटबल करियरबाट सन्न्यासको घोषणा गरेका हुन्।
‘मैले फुटबलसँग बिदा लिएको छु, तर तपाईंहरुसँग भने होइन,’ एसी मिलानको घरेलु मैदान सान सिरोमा अन्तिम खेलपछि समर्थकलाई उनले भने।
उनले आफ्नो करियरमा एसी मिलान, बार्सिलोना, इन्टर मिलान, पीएसजी र म्यानचेस्टर युनाइटेडबाट खेलेका खेलमा ५११ गोल गरेका छन्।
उनले चार भिन्न देशबाट घरेलु लिग उपाधि जितेका छन्। करियरमा उनले जितेका कुल ३४ उपाधिमा १४ लिग उपाधि रहेका छन्।
इब्राहिमोविच स्विडेनका लागि सर्वाधिक ६२ गोल गर्ने खेलाडी पनि हुन्।
जेठ २२, २०८० सोमबार ०९:०१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।