पहाडी भू-भागमा आज वर्षाको सम्भावना

काठमाडौं : आज (आइतबार) देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति भने कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २१, २०८० आइतबार ०७:१०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।