अशंबण्डा विवादमा आफ्नै बुवाको हत्या, छोरा पक्राउ

ईलाम : आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा माई नगरपालिका–२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाल रहेका छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जेठ ८ गते अंश बण्डाको विषयमा विवाद दिपकले ७० वर्षीय बुवा लोकबहादुर कुमालमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
जेठ १९, २०८० शुक्रबार १४:२१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।