रायरा र वन्डरल्याण्डसँग सिद्धार्थ बैङ्कको छुट सम्झौता

रायरा र वन्डरल्याण्डसँग सिद्धार्थ बैङ्कको छुट सम्झौता

काठमाडौँ : सिद्धार्थ बैङ्कले नेपालगन्जमा रहेको रायरा रेस्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फनपार्कबीच बैङ्कका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता गरेको छ। बैंककातर्फबाट नेपालगन्ज शाखा प्रमुख किरण राणा मगर र राएरा रेस्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फन पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैङ्कका ग्राहकले रायरा रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एन्ड फन पार्कमा पार्क टिकट खरिदमा बैङ्कको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा १०५ सम्मको छुट प्राप्त पाउनेछन्। यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैङ्कको विज्ञप्तिमा उल्लेख छ।

जेठ १६, २०८० मंगलबार २०:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।