सांसद विकास कार्यक्रम ब्युँत्याएपछि मेयर बालेनको व्यंग्यः सांसदहरू बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो
 
                    
                    
                    
                    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सांसदहरूलाई बजेट छुट्याइएको भन्दै व्यंग्य गरेका छन्।
सरकारले सांसद विकास कोष भनेर चिनिने ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ सोमबार बजेटमार्फत ब्युँत्याएको थियो।
उक्त निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, 'सांसद विकास कोष पाउनुभएसी बल्ल सांसदहरू वडाध्यक्षको लेबलमा आउनुभयो।'
बालेनले प्रश्न गर्दै लेखेका छन्, 'वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्युहरू ?'
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गरिएको थियो।
अघिल्लो पटक पनि यस्तो कार्यक्रम ल्याइएको थियो। तर जनस्तरमा व्यापक आलोचना भएपछि सरकारले पछि उक्त कार्यक्रम खारेज गरेको थियो। तर यही विवादित कार्यक्रम ब्युँताउँदै अर्थमन्त्री डा. महतले यस कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको बताए।
जेठ १६, २०८० मंगलबार १०:००:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    