विष्णु पौडेलले हटाएको सांसदलाई पैसा बाँड्ने कार्यक्रम महतले ब्युँताए, निर्वाचन क्षेत्रपिच्छे पाँच करोड

काठमाडौँ : आर्थिक सङ्कट टार्न अनावश्यक खर्च कटौती र मितव्ययी बजेट ल्याउने दाबी गरेका अर्थमन्त्री डा प्रकाशरण महतले सांसदलाई पाँच करोडको दरले बाँड्न आठ अर्ब २५ करोड छुट्टाएका छन्।
‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ ब्युँताउँदै आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि पाँच करोड विनियोजन गरेका छन्।
बजेटमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको’ उल्लेख छ। कार्यक्रमका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको छ।
यस अगाडि सांसद विकास कोष, निर्वाचन क्षेत्र विकास कोष, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका नाममा सांसदलाई यस्तो बजेट दिने गरिन्थ्यो।
अधिकांश यस्ता बजेटको दुरुपयोग भएको भन्दै सांसदहरूले नै विरोध गर्दै आएका थिए।
आर्थिक वर्ष २०७८/७९ को बजेटबाट यो कार्यक्रम हटेको थियो। तर शर्माले पुन ब्युँताए।
जेठ १६, २०८० मंगलबार ००:२६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।