प्रतिनिधिसभामा टेबल भयो बजेट, २१ गतेदेखि छलफल हुने

काठमाडौं : आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संसद्मा टेबल भएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट टेबल गरेका हुन्। यसअघि आजै अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उनले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका थिए।
बजेट प्रतिनिधिसभामा टेबल भएसँगै मंगलबारदेखि विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ। जेठ २१, २२, २३ र २४ गते छलफल हुनेछ।
अर्थमन्त्री महतले जेठ २५ गते बजेटमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको छ।
जेठ १५, २०८० सोमबार २०:०४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।