बजेट नराम्रो आएको छैन, सांसदलाई पैसा दिनु आवश्यक थिएन : ज्ञानेन्द्र शाही

बजेट नराम्रो आएको छैन, सांसदलाई पैसा दिनु आवश्यक थिएन : ज्ञानेन्द्र शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बजेट नराम्रो नआएको बताएका छन्।

आगामी आर्थिक वर्षको बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग शाहीले बजेट त्यति नराम्रो नभएको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

‘बजेट त्यति नराम्रो छैन, ठिकै छ,’ उनले भने, ‘कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण छ, त्यसमा ध्यान दिनुपर्छ।’

शाहीले सांसद्लाई ५ करोड रुपैयाँ दिने कार्यक्रम नआएको भए पनि हुने बताए। गाउँ–गाउँमा स्थानीय तह पुगेको बेलामा सांसद्लाई पैसा दिनु उचित नहुने उनले बताए।

उनले थपे, ‘स्थानीय सरकार भएको अवस्थामा सांसद्लाई पैसा दिनु आवश्यक चाहिँ होइन।’

जेठ १५, २०८० सोमबार १९:३८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।