युवा स्वरोजगार कोषमार्फत खेलाडीलाई ऋण दिइने

युवा स्वरोजगार कोषमार्फत खेलाडीलाई ऋण दिइने

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/०८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रुपमा मनाउने भएको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जनाएका हुन्।

उनले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलीयतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको जनाए।

उनले राष्ट्रिय युवा परिषद्‌मार्फत विकास निर्माण तथा समाजसेवा युवा स्वयंसेवक परिचालन गरिने जनाए।

उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा विकास गरिने उल्लेख गरे।

जेठ १५, २०८० सोमबार १८:४९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।