९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने

९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने

काठमाडौं : आगामी आर्थिक वर्षमा ९०० मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले ९०० मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिने दाबी गरे।

उनले आगामी आर्थिक वर्षसम्म देशभर ३ हजार ६ सय मेगावाट विद्युत् उत्पादन हुने बताए।

जेठ १५, २०८० सोमबार १८:३७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।