धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गरिने

धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गरिने

काठमाडौं : सरकारले धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्ने भएको छ।

बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले दुई नगरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्ने जानकारी दिए।

धरानका मेयर हर्क साम्पाङले कोशीबाट पानी तानेर धरानवासीलाई पिलाउनका लागि संघीय सरकारसँग आग्रह गर्दै आएका थिए।

उनले केही समयअघि काठमाडौं आएर संघीय सरकारका विभिन्न मन्त्रालय धाएर बजेटमा योजना पार्न दवाव दिँदै आएका थिए।

जेठ १५, २०८० सोमबार १८:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।