सरकारले हिमाली क्षेत्रको पानी अन्तर्राष्ट्रिय बजारमा विक्री गर्ने

सरकारले हिमाली क्षेत्रको पानी अन्तर्राष्ट्रिय बजारमा विक्री गर्ने

काठमाडौँ : सरकारले वाटर फ्रम हिमालयनको नाममा हिमाली क्षेत्रको पानी विश्व बजारमा विक्री गर्ने रणनीति लिएको छ। आर्थिक वर्ष २०८०-२०८१ को बजेट मार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। 

महतले सरकारले उत्पादन र रोजगार: समृद्धिको आधारको नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताए।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै डा.महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताए।

जेठ १५, २०८० सोमबार १७:५१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।