महावीर पुनसँगको सम्झौता बजेटमा समेटियो, एक अर्ब विनियोजन

काठमाडौं : सरकारको कुल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्द्धन र आविस्कारमा खर्च गर्ने नीति लिएको छ।
अनुसन्धान, नवप्रवर्द्धन र आविस्कारका लागि छुट्टै कोष स्थापना गर्न सरकारले एक अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशररण महतले जानकारी दिए।
कोष सञ्चालन गर्न आवश्यक कानून तर्जुमा गर्ने भन्दै उनले सरकारका विभिन्न निकायबाट हुने अनुसन्धान, नवप्रवर्द्धन र आविस्कारका कार्यक्रमलाई यसमा आवद्ध गर्दै लगिने बताए।
महावीर पुनले गरेको आन्दोलनपछि सरकारले कुल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्द्धन र आविस्कारमा खर्च गर्ने सम्झौता गरेको थियो।
जेठ १५, २०८० सोमबार १७:१८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।