सय रुपैयाँमै कम्पनी खोल्न सकिने, नव प्रवर्तकलाई एक अर्ब बजेट

काठमाडौँ : सरकारले नयाँ कम्पनी खोल्न सहजीकरण गर्न एक सय रुपैयाँ पुजी राखेर पनि कम्पनी दर्ता गर्न सक्ने कानुन बनाउने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्।
आर्थिक वर्ष २०८०-०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले अब कम्पनी दर्ता अनलाइनबाटै हुने व्यवस्था मिलाइने बताए।
बजेटमा नवप्रवर्तकहरुका लागि एक अर्ब बजेट छुट्ट्याएको जानकारी समेत दिए।
जेठ १५, २०८० सोमबार १७:०३:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।