खरिद प्रक्रियालाई पारदर्शी बनाइने, ठेक्का सम्झौताको प्रतिवेदनका आधारमा कारबाही गरिने

काठमाडौंः खरिद प्रक्रियामा देखिएका समस्या समाधान गरी सार्वजनिक खरिदलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन ऐन र नियमावलीमा आवश्यक परिमार्जन गरिने भएको छ।
डा. प्रकाशशरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
ई-बिडिङलाई थप व्यवस्थित गरिने उनले बताए।
यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्क सम्झौता अनुगमन गर्ने र अनुगमनका क्रममा बनेका प्रतिवेदनका आधारमा कारबाहीका लागि कानुनी व्यवस्था गरिने बजेट महतले प्रस्तुत गरे।
जेठ १५, २०८० सोमबार १६:५८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।