उस्तै खालको २० संस्थाहरु खारेज गरिने

उस्तै खालको २० संस्थाहरु खारेज गरिने

काठमाडौँ : नेपाल सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्थाहरू खारेज गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरूलाई एक अर्कामा गाभिने बताए।

अर्थमन्त्री महतका अनुसार पर्यटन प्रवर्द्धन विकास समितिहरूलाई प्रदेश सरकार र स्थानीय सरकारमा हस्तान्तरण गरिने छ।

उनले सरकारले ठुलो सङ्ख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न क्षेत्रगत प्राथमिकता भित्र पनि ठुला तथा रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसङ्ख्यक जनताले लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिई रकम छुट्ट्याएको बताए। 

जेठ १५, २०८० सोमबार १६:५७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।